× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चालक तथा सह–चालकहरुको मुग्लिनमा प्राथमिक स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न ।

    ४ वर्ष पहिले

    कार्तिक २८, चितवन
    राजमार्गमा चल्ने सवारी चालक तथा सह–चालकहरुको आज मुगि्लन बजारमा प्राथमिक स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । ट्राफिक प्रहरी कार्यालय मुगि्लनले इलाका प्रहरी कार्यालय मुगि्लन र मुगि्लन हाइवे हसि्पटलको सहकार्यमा प्राथमिक स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

    मुगि्लन बजार सि्थत रहेको ट्राफिक प्रहरी पोष्टको प्राङ्गढमा गरिएको स्वास्थ्य चेकजाच कार्यक्रममा ५५ वटा साना तथा ठुला सवारी साधनका चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिनुभयो ।

    सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य अवस्था सामान्य नहुदा दुर्घटनाको जोखिम हुने भएकोले यस्तो किसिमको कार्यक्रमको पहिलो पटक मुगि्लनमा आयोजना गरेको उहाँले बताउनुभयो ।

    प्राथमिक स्वास्थ्य परिक्षण कार्यक्रममा चालक तथा सहचालहरुको मानसिक अवस्था ठिक रहेको वा नरहेको, तनाबमा रहेको वा नरहेको तथा नीजहरुको आँखाको दृष्टी अवस्था, ज्वरो, रक्तचाप, मधुमेह लगायत अन्य शारिरीक अवस्था ठिक भए–नभएको चेकजाच गरीएको प्र.स.नि. बसौलाले बताउनुभयो ।

    ट्राफिक प्रहरी कार्यालय मुगि्लनले गरेको प्राथमिक स्वास्थ्य कार्यक्रम प्रति सवारी चालहरुले खुसी व्यक्त गरेका थिए ।

    यस्तो किसिमको कार्यक्रम अन्य ठाउहरुमा पनि गरिनुपर्ने उनीहरुले बताएका थिए । कार्यक्रममा मुगि्लन हाइवे हसि्पटलबाट २ जना स्वास्थ्यकर्मी सहित मास्क, सेनिटाइजर संगै औषधी निशुल्क वितरण गरेका थिए ।


    कार्यक्रममा इच्छाकाना गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मोदराज सिलवाल, इलाका प्रहरी कार्यालय मुगि्लनका प्रहरी नायव निरिक्षक कुल प्रसाद शर्मा, लगायत यातायात व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधरणहरुको उपसि्थति रहेको थियो ।