× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    स्पेनद्वारा जर्मनीको पोस्टमा आधा दर्जन गोल

    ४ वर्ष पहिले

    यूईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्पेनसँग लज्जास्पद हार ब्यहोरेको छ। स्टेडियो डे ला कार्टुजामा भएको समूह डीको खेलमा जर्मनी स्पेनसँग ६-० को फराकिलो अन्तरले पराजित भएको हो।जर्मनी खेल इतिहासमा सन् १९३१ पछिको यो सबै भन्दा खराब नतिजा हो ।

    स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक पुरा गरे। म्यानचेस्टर सिटीका टोरेसको यो करियरको पहिलो ह्याट्रिक हो।

    खेलको १७ औं मिनेटमा अल्भेरो मोराटाको गोलमा स्पेनले अग्रता बनाएको थियो। त्यस्तै ३३ औं र ३५ औं मिनेटमा टोरेस र ३८ औं मिनेटमा रोड्रिगोले गोल गर्दा पहिलो हाफमै स्पेन ४-० को सहज अवस्थामा पुगेको थियो। फेरि दोस्रो हाफमा टोरेस र मिकेल ओयरजबालले गोल थपे। उनीहरुले क्रमश ७१ औं र ८९ औं मिनेटमा गोल गर्दा स्पेनले ६-० को सानदार जित निकाल्यो। जितसँगै स्पेनले अर्को चरणका लागि स्थान सुरक्षितसमेत गरिसकेको छ।

    जितसँगै ६ खेल खेलेको स्पेन ११ अंक जोडेर समूहको शीर्षस्थानमा छ भने समान खेल खेलेको जर्मनी ९ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै ५ खेल खेलेका युक्रेन र स्वीजरल्याण्ड क्रमश ६ र ३ अंकसहित तालिकाको तेस्रो र चौथो स्थानमा छन्।