× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गृहजिल्लामै आफ्नै कार्यकर्ताद्वारा सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार

    ४ वर्ष पहिले

    चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा आमन्त्रित कार्यक्रममा गुटको राजनीति गरेको भन्दै होहल्ला र नाराबाजी भएको छ।

    राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए ।

    उनले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए । ‘पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न दिदैनौं’ आचार्यले भने

    उनले भने, ‘मदन भण्डारी फाउण्डेसनलाई गुटबन्दी गरेको आरोप लगाउँदै विरोध गर्न थालेपछि ४५ जना युवाहरुले उनलाई बोल्न नदिएको हो। हामीले बोल्न नदिएपछि प्रहरीले सुरक्षा दिएर लग्यो।’
    नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उछ्रिंखलता देखाएको बताए । ‘उहाँले गुटका कुरा गर्नुभएको थिएन, तर साथीहरु आएर पार्टीको नाममा गुट गर्ने भनेर नारावाजी गर्नुभयो’ लामाले भने, ‘यसो नगरेको भए राम्रो हुन्थ्यो ।’

    नारावाजीका कारण कार्यक्रम केहीवेर अवरुद्ध भएको थियो ।