× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    घुस लेनदेन हुने देशको सूचीमा नेपाल १०७ औं स्थानमा

    ४ वर्ष पहिले

    घूस लेनदेन हुने देशको सूचीमा नेपालले अघिल्लो वर्षको तुलनामा ९ स्थान सुधार गरेको छ । कूल १९४ देशहरुमा भएका भ्रष्टाचारजन्य घटनाहरुको विश्लेषणका आधारमा तयार पारिएको सूचीमा नेपाल १०७ औं स्थानमा रहेको ट्रेस ब्राइबरी रिस्क म्याट्रिक्सले देखाएको छ ।
    यद्यपि नेपालले २ वर्षअघि हासिल गरेको स्थान भने गुमाएको छ र अहिले पनि त्यो स्थानमा आइपुग्न सकेको छैन । नेपाल सन् २०१८ को मेट्रिक्समा २ सय देशहरुको सूचीमा १०३ औं स्थानमा थियो । त्यसको एक वर्षअघि २०१७ मा २०० देशको सूचीमा नेपाल ११० औं स्थानमा थियो । गएको वर्ष २०१९ मा नेपाल धेरै खस्किएर २०० देशको सूचीमा ११६ औं स्थानमा पुगेको थियो । सन् २०२० मा नेपालले आफ्नो स्थिति सुधार गर्दै १०७ औ स्थानमा आइपुगेको छ ।
    २०२० को सूचीमा े सबैभन्दा कम घुस लेनदेन हुने देशको रुपमा डेनमार्क परेको छ । दोस्रोमा नर्वे, तेस्रोमा फिनल्याण्ड, चौथोमा स्वेडेन, पाँचौंमा न्यूजिल्याण्ड, छैटौंमा नेदरल्याण्ड, सातौंमा स्वीजरल्याण्ड, आठौंमा जर्मनी, नवौंमा बेलायत र दशौंमा आइसल्याण्ड छन् । नेपालका छिमेकी देशहरु भारत ७७ औं स्थानमा, चीन १२६ औं स्थानमा, भुटान ४८ औं स्थानमा, पाकिस्तान १५३ औं स्थानमा, बंगलादेश १६६ औं स्थानमा र श्रीलंका ८७ औं स्थानमा छन् । माल्दिभ्सलाई सूचीमा समावेश गरिएको छैन ।
    ट्रेस ब्राइबरी रिस्क म्याट्रिक्स अनुसार सबैभन्दा धेरै घुस लेनदेन हुने देशमा उत्तर कोरिया रहेको छ । दोस्रोमा तुर्किमनिस्थान, तेस्रोमा दक्षिणि सुडान, चौथोमा भेनेजुयला, पाँचौंमा इरिट्रिया, छैटौंमा यमन, सातौंमा गुयना, आठौंमा सोमालिया, नवौंमा कम्बोडिया र दशौंमा सिरिया छन् ।