× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    युवा तथा खेलकुद मन्त्रालयबाट १३ जना राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत

    ४ वर्ष पहिले

    मंसिर ९,नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिँदै आएको राष्ट्रिय युवा प्रतिभा पुरस्कार यसपाली १३ प्रतिभा तथा संस्थालाई दिइने भएको छ।

    सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले सबैको नाम सार्वजनिक गरेको हो।

    पुरस्कृत हुनेहरूमा बागमती प्रदेशकी देविका बुढाथोकी, कर्णाली प्रदेशका टक्कबहादुर नेपाली, प्रदेश-१ को तर्फबाट राउत एण्ड सन्स बहुद्देश्यीय कृषि तथा पशुपालन प्रालि, प्रदेश-२ का अश्विनीकान्त झा, सुदूरपश्चिम प्रदेशका धिरेन्द्र चन्द, गण्डकी प्रदेशका सुनिता क्षेत्री, बागमती प्रदेशकी लुनिभा बाल सरोकार समूह, कर्णाली प्रदेशकी रचना सुनार र सजना सुनार, बागमती प्रदेशका महेशप्रकाश हाडा, सरिता श्रेष्ठ भट्टराई, प्रकृति मैनाली र मञ्जु खाँड रहेका छन्।