× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एकाविहानै त्रिशुलीमा जीप खस्दा चालक सहित ३ बेपत्ता, १ जनाको उद्धार

    ४ वर्ष पहिले


    मंसिर ११, चितवन
    पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छकामना–४, नाग्दी खोला नजिकै जीप दुर्घटना भएको छ । प्युठानबाट काठमाण्डौ जादै गरेको लु १ च ९७३१ नम्बरको बोलेरो जीप आज विहान करिब ५ः३० सडकबाट अन्दाजी १५० फिट तल नदीमा खसेको हो ।

    जिप पुर्ण रुपमा त्रिशुली नदीमा डुवेकोअवस्थामा छ । गाडीमा चालक सहित ३ जना व्यपत्ता रहेको र उनीहरुको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको गोताखोर टोलीद्धारा खोजी भइरहेको प्रहरीले जनाएको छ।

    गाडीमा सवार जिल्ला प्युठान प्युठान न.पा. बस्ने वर्ष ३८ को मुकुन्द रोक्काघाइतेलाई उपचारको लागि भरतपुर पुरानो मेडिकलकलेज पठाइएको छ ।

    अन्य व्यपत्ता हुनेहरुमा जिल्ला प्युठान प्युठान न.पा. बस्ने वर्ष ३३ को जमुना रोक्का र उन्का छोरी वर्ष १५ का जेनिशा रोक्का रहेका छन् भने चालक सुर्य केसीको भने ठेगाना खुलेको छैन।

    सशस्त्र प्रहरी शिक्षालय कुरिनटारबाट स.प्र.नि. प्रहलाद सिलवालको कमाण्डमा ५ जना गोताखोरको टोलीद्धारा खोजी कार्य गरी चालक र महिलाको शव भेटिएको र बेपत्ता १ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।