× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १६१४ जना कोरोना भाइरस संक्रमित थपिए,थप २३ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर ११,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय १४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।
    २४ घण्टामा ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय १२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९२ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप २३ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ६ सय ८० जना रहेको छ ।