× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो

    ४ वर्ष पहिले

    नेपालले ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा वार्ता र सम्वादमार्फत सीमा विवाद छिटो टुंग्याउन चाहेको सन्देश भारतलाई दिएको छ ।

    दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार काठमाडौं आएलगत्तै नेपाली समकक्षी भरतराज पौड्यालसँग द्वीपक्षीय वार्ता गरेका थिए । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे ।

    विदेश सचिव श्रृंगलासँग भएको भेटमा नेपाली पक्षले सीमा विवादबारे आफ्नो प्रष्ट अडान राखेको छ ।

    नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन गरेको छ । ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा यो भूमि आफ्नो भएको नेपालको मत छ ।

    भारतीय विदेश सचिवसँग भएको औपचारिक वार्ता र शिष्टचार भेटहरुमा नेपाली पक्षले ऐतिहासिक दस्ताबेज र प्रमाणहरुका आधारमा सीमा विवाद छिटो हल गर्नुपर्ने मत राखेको छ ।

    विदेश सचिव श्रृंगलासँग सबै विषयमा खुलस्त कुराकानी भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले अनलाइखबरलाई बताए । ‘हामीले दुईपक्षीय सहकार्यका विविध क्षेत्रमा भएका प्रगति र समस्याहरुबारे वृहत छलफल गर्‍यौं’ उनले भने, ‘सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदन लगायतका दुई देशका बीचमा रहेका आउटस्ट्याडिङ विषयहरुमा पनि खुलेर छलफल भयो ।’

    ‘इतिहासले अधुरा छोडेका मुद्धाहरुलाई छिटो टुंग्याएर एउटा विश्वासको जग बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा मैले जोड दिएको छु’ मन्त्री ज्ञवालीले भनेका छन् ।

    नेपालले सार्वभौम समानता, पारस्परिक लाभ, अहस्तक्षेप र आपसी विश्वासका आधारमा सम्बन्धलाई सुदृढ गराउन चाहेको प्रष्ट सन्देश दिएको मन्त्री ज्ञवालीले जानकारी दिए । अनलाईनखबर बाट