× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    बार्सिलोनाले ओसासुनालाई ४-० ले हरायो

    ४ वर्ष पहिले

    मंसिर-१४,स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले ओसासुनालाई घरेलु मैदानमा ४-० ले पराजित गरेको छ ।
    बार्सिलोनाको सहज जितमा मार्टिन ब्रेथवेटले २९, एन्टोइन ग्रिजमनले ४२, फिलिपे कौटिन्होले ५७ र कप्तान लियोनेल मेस्सीले ७३ औ मिनेटमा गोल गरेका थिए । ला लिगामा नवौ खेलमा बार्सिलोनाको यो चौथो जित हो ।

    मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए ।
    जितसँगै बार्सिलोना ९ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित ओसासुना १० खेलबाट ११ अंक जोडेर १५औं स्थानमा यथावत रहेको छ ।