× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कांग्रेसले २९ मंसीरमा सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने

    ४ वर्ष पहिले

    प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सरकारको विरुद्धमा मंसिर २९ गते देशव्यापी विरोध प्रर्दशन गर्ने निर्णय गरेको हो ।

    नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको कार्यशैलीविरुद्ध देशव्यापी प्रर्दशन गर्ने निर्णय भएको जानकारी दिए । बैठकले संसद अधिवेशन बोलाउन माग समेत गरेको छ ।

    नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुमा भएको दुव्र्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता र कोरोनाको नियन्त्रण गर्ने नाममा भएको भ्रष्टाचारको विरोधमा प्रर्दशन गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । केन्द्रिय नेताहरुले अगुवाई गर्ने गरी कांग्रेसले ७७ वटै जिल्लामो विरोध प्रर्दशन गर्ने महतले जानकारी दिए ।