× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नम्रता श्रेष्ठले जितिन् मिस नेपाल वर्ल्ड २०२० को उपाधि

    ४ वर्ष पहिले

    यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । २० जना प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपाल वर्ल्ड २०२० को उपाधि जितेकी हुन् ।

    मिस नेपाल-२०२० बनेसँगै नम्रताले नगद पुरस्कार २ लाख ५ हजार प्राप्त गरेकी छिन् ।

    शनिबार भएको ग्राण्ड फिनालेमा मिस नेपाल सुपर नेशनल- २०२० को उपाधि सिमल कनोडियाले जितेकी छन् भने ‘मिस नेपाल इन्टरनेसनल २०२०’को उपाधि सन्ध्या शर्माले जितेकी छिन् ।

    यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेका छन् ।

    त्यस्तै सन्ध्या शर्माले ब्युटी विथ पर्पज र मिस पपुलर च्वाइसको अवार्ड जितेकी छन् ।

    अन्तिम राउण्डमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिंदै नम्रताले मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

    निर्णायकले ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा कस्तो परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छु भनेर सोधिएको थियो । त्यसको जवाफमा नम्रताले नेपाली महिला सकारात्मक सोचको हुने र त्यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।