× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गणतन्त्रको रक्षाका लागि राष्ट्रिय जनमोर्चाले संघर्षको कार्यक्रम घोषणा

    ४ वर्ष पहिले

    राष्ट्रिय जनमोर्चा पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका साथै संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ ।अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै उक्त जानकारी दिनुभएको हो ।

    जनमोर्चाले आगामी मंसिर २२ गते केन्द्रीय कार्यालयको आयोजनामा भर्चुअल कार्यक्रम गरिने जानकारी दिइएको छ । जसअन्तर्गत १ बजे ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ !’ भन्ने विषयमा हुने अनलाइन कार्यक्रम गर्ने भएको छ ।

    यस्तै मंसिर २५ गते देशव्यापी रुपमा खुलासभा तथा कोणसभाको कार्यक्रमहरु हुने छन् । यस्ता कार्यक्रमहरु प्रवासमा समेत हुने जनमोर्चाले जनाएको छ ।

    यस्तै मंसिर २६ गतेदेखि पौष १० गतेसम्म जिल्ला, पालिका र वडास्तरमा सभा, कोणसभा, अन्तरक्रिया, पर्चा वितरण, विरोध प्रदर्शन, जुलुस गरिने सो पार्टीले जनाएको छ । यस्तो संघर्षको कार्यक्रमहरू भौतिक दूरी कायम राखेर गरिनेछ ।