× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौं–रक्सौल जोड्ने रेलमार्ग निर्माणको डीपीआर बनाउन भारतलाई अनुमति

    ४ वर्ष पहिले

    सरकारले काठमाडौं–रक्सौल जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्ग निर्माण तथा सञ्चालन गर्न डीपीआर तयार गर्न भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडले अनुमति माग गरेकोमा अनुमति प्रदान गरिएको जानकारी दिए।

    रेलमार्ग निर्माणको डीपीआर तथा निर्माण कार्य अगाडि बढाउन भारतले गएको भदौमा नेपाल सरकारसँग औपचारिक अनुमति मागेको थियो ।

    रेलमार्गको डीपीआरसहित सम्पूर्ण निर्माण कार्य सुरु गर्नुअघि भारतद्वारा पठाइएको पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो रायसहित डीपीआर लगायत निर्माण कार्य अगाडि बढाउन स्वीकृति प्रदान गरी भारतलाई पत्र पठाइसकिएको सचिव श्रेष्ठले जानकारी दिए ।

    उनले अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको रायसुझावसहित सहमति लिई डीपीआरसहित निर्माण कार्य अगाडि बढाउन अनुमति प्रदान गरिएको पत्र भारतलाई पठाइसकिएको छ भने ।दुई दिनअघि भारतलाई पत्र पठाइएको बताउँदै उहाँले काम सुरु गर्न भारतीय पक्ष जनशक्ति र उपकरणसहित छिट्टै नै नेपाल आउने जानकारी दिएका छन् ।

    कोङ्कर्ण रेल्वे कर्पोरेसनले यसअघि नै सो रेलमार्गको प्रारम्भिक अध्ययन (प्रिमिनरी इन्जिनियरिङ कम ट्राफिक सर्भे, पीईटी) गरी सोको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको थियो ।

    २०७६ भदौ १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सो अध्ययनको प्रस्तुतिसमेत गरिएको थियो ।

    प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार भारतको रक्सौलबाट नेपालको वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै आउने यो रेलमार्ग बाराको जितपुर–निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएर काठमाडौँ आउने बताइएको छ । कुल लम्बाई १३६ किलोमिटर रहने यस रेलमार्गमा ४२ किलोमिटर सुरुङ रहनेछ । गोरखापत्र दैनिकबाट