४ वर्ष पहिले
मंसिर २२,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।
२४ घण्टामा ६ हजार २ सय २० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ९० हजार ७ सय ३९ जनाको पिसिआर भएको जनाईएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय २८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९३.९८ रहेको छ ।
मन्त्रालयका अनुसार कोरोनाबाट थप २० को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ५ सय २७ जना रहेको छ ।