× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १०५६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९४.३१ प्रतिशत

    ४ वर्ष पहिले

    मंसिर २४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ४४ हजार ४ सय ४३ पुगेको छ ।

    २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ५ हजार ९ सय ७२ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ९ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ हजार ६ सय ३६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९४.३१ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १४ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ५१ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ सय २५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ३० जना र भेन्टिलेटरमा ५७ जनाको उपचार भईरहेको छ ।