× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १२१७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९४.२८ प्रतिशत

    ४ वर्ष पहिले

    मंसिर २५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय १७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।
    २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६४ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९४.२८ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप १२ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ५ सय १५ जना रहेको छ ।