× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मु–ना सडक खण्ड अन्तरगत खहरेपुलबाट राति ट्रक खस्यो, २ घाइते ।

    ४ वर्ष पहिले

    मंसिर २६, चितवन
    मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउपालिका वडा नंं ५ स्थित खहरे पुलबाट ट्रक खस्दा २ जना घाइते भएका छन् । रौतहटबाट इट्टा बोकेर काठमाण्डौ तर्फ आदै गरेको प्र.२–०३. ००१ ख ०७०९ नम्बरको ट्रक अनियन्त्रित भई पुलको बाया भागबाट करिब २० फिट तल खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिएका छन् ।

    राति करिब २ः३० बजे भएको दुर्घटनामा परी घाइते भएका चालक र सहचालकलाई उद्धारपछि उपचारको लागि भरतपुर पठाइएको छ । दुर्घटनामापरी घाइते हुनेमा चालक जिल्ला रौतहट चन्द्रनिगाहापुर न.पा. वडा नं. २ बस्ने अन्दाजी वर्ष २६ का साजन परियार र सहचालक सोही स्थानका अन्दाजी वर्ष २४ का सुजन कँडेल रहेको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।