× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    फ्रान्सका राष्ट्रपति माक्रोनलाई कोरोना संक्रमण

    ४ वर्ष पहिले

    फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनलाई कोरोना संक्रमण भएको छ ।


    आज त्यसबारे राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

    उनलाई आरटी पीसीआर परीक्षण गरेपछि सो कुराको पुष्टि भएको हो । तर उनलाई के कस्ता लक्षण देखिएको छ र त्यो कहिलेदेखि लक्षण देखिएको थियो भन्नेबारे कुनै कुरा खुलाइएको छैन ।

    राष्ट्रपतिले आगामी सात दिनसम्म आइसेलेसनमा रहेर काम गर्ने जनाइएको छ ।४२ वर्षीय म्याक्रोनमा कोरोनाको पोजिटिभ पुष्टि भएपछि अहिले घरबाटै उनले राज्यको कामकाज सम्हालिरहेका छन्।

    फ्रान्सले कारोनाभाइरसविरुद्ध लगाइरहेको लकडाउन क्रिसमसको पूर्वसन्ध्यामा हटाउने तयारी गरिरहेको बेलामा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।