× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७८२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९५.६१ प्रतिशत

    ४ वर्ष पहिले

    पौष ३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ८२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ५२ हजार ४ सय ४७ पुगेको छ ।
    २४ घण्टामा ५ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ६१ हजार ४ सय ३० जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार २९ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९५.६१ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप १६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ६५ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ४ सय २७ जना रहेको छ ।