× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७१० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९५.८ प्रतिशत

    ४ वर्ष पहिले

    पौष ४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय १० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ ।
    २४ घण्टामा ४ हजार ७ सय ८० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ६६ हजार २ सय १० जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ७५ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९५.८ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप १२ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ४० रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ४ सय २१ जना रहेको छ ।