४ वर्ष पहिले
काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि कू गरेको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेकपा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया रहेको उनका प्रेस संयोजक विष्णु सापकोटाले पत्रकार ऋषि धमलालाई जानकारी दिए । प्रधानमन्त्री ओली भने संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपतिसमक्ष सिफारिस गर्न शीतलनिवासमा छन् । नेकपाकै नेताहरुले ओलीको यो कदमको कडा रुपमा विरोध गरिरहेका छन् । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि ओलीले असंवैधानिक कदम चालेको भन्दै यो निर्णय तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् । रिपोर्टर्स नेपालबाट