× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९६.२६ प्रतिशत

    ४ वर्ष पहिले

    पौष ७,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय २२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।
    २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ८४ हजार १ सय ८१ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा ९ सय ६६ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९६.२६ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप ३ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय २९ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ४ सय १३ जना रहेको छ ।