× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    लिओनल मेस्सीले पेलेका नाममा रहेको दुर्लभ रेकर्ड भंग गरेको खेलमा बार्सिलोना विजयी

    ४ वर्ष पहिले

    पुस ८,स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले महान् खेलाडी पेलेका नाममा रहेको दुर्लभ रेकर्ड भंग गरेका खेलमा बार्सिलोना विजयी भएका छन् ।

    ब्राजिलियन लिजेन्डरी पेलेका नाममा रहेको सिंगल क्लबका लागि सर्वाधिक गोलको रेकर्ड अर्जेन्टिनाका ३३ वर्षीय खेलाडीले तोड्दै आफ्नो नाममा लेखाएका हुन् ।

    नेपाली समयअनुसार बुधबार बिहान ला लिगाअन्तर्गत भाल्लाडोलिडविरुद्ध भएको खेलमा १ गोल गरेसँगै मेस्सीले पेलेका नाममा रहेको ६४३ गोलको रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाएका हुन् ।

    बार्सिलोनाले भाल्लाडोलिडलाई उसकै घरेलु मैदानमा ०–३ गोलअन्तरले स्तब्ध बनायो । यस खेलमा बार्सिलोनाका लागि २१औ मिनेटमा लेङलेट,३५ औ मिनेटमा ब्रेथवेटले र ६५ औं मिनेटमा मेस्सीले गोल गरेका थिए ।यो जितसँगै बार्सिलोना पाँचौं स्थानमा उक्लिएको छ ।