× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    फ्रान्समा घरेलु हिंसाका पीडतलाई उद्धार गर्न क्रममा तीन प्रहरीको हत्या

    ४ वर्ष पहिले

    फ्रान्समा बन्दुकधारीले गोली प्रहार गरेर तीन प्रहरी अधिकारीको हत्या गरेका छन् भने एकजना घाइते भएका छन् । केन्द्रीय फ्रान्सको पुुय डि डोमीमा घरेलुु हिंसा भएको जानकारी पाएपछि प्रहरीहरु कारबाहीका लागि गएका थिए, त्यहाँ एक ४८ वर्षे पूरुषले उनीहरुको हत्या गरे ।

    पीडित भनिएकी महिलालाई भने प्रहरीले कुशलतापूर्वक उद्धार गरेको छ, भागेर घरको छतमा पुुग्दै उद्धारका लागि ती महिला चिच्याएपछि प्रहरी घटनास्थलमा पुुगेको थियो ।

    ‘यो घरेलु हिंसासँग सम्बन्धित घटनामा प्रहरीले चलाएको अपरेशन हो । यसपछि विभिन्न घटनाक्रमहरु अघि बढेका छन्,’ रोयटर्ससँगको कुराकानीमा स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । सेन्ट जस्ट फ्रान्कोइसका मेयर लि फिगारोका अनुसार मुुडभेडका क्रममा घर जलेको छ ।
    फ्रान्समा पछिल्लो समय प्रहरीको सुरक्षा तथा प्रहरी दमनको विषयमा चर्को बहस चलिरहेको छ ।बीबीसीबाट