× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दाहाल- नेपाल प्रतिक्रान्तिको मतियार: बादल

    ४ वर्ष पहिले

    काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीको ओली खेमामा लागेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले ओलीनिकट केन्द्रीय सदस्यहरुको बैठकमा प्रतिक्रान्ति रोक्न चुनाव नै महत्त्वपूर्ण भएको बताएका छन्।

    उनले बालुवाटारमा ओली निकट केन्द्रीय सदस्यहरुको बैठकमा आफू पार्टी एकताको लागि ओली पक्षतिर आएको बताए।

    उनले भने, ‘दाहाल र नेपालबाट भुल भएको छ। उहाँहरु भुल स्वीकार्दै यता आउनुपर्छ।’

    उनले दाहाल-नेपाल आफ्नै सरकार अपदस्त गर्न लागेको र प्रतिक्रान्तिको मतियार बनेको उल्लेख गरे।

    ‘दाहाल-नेपाल पार्टी फुटाउनतिर लाग्नु भयो। त्यो रोक्न मैले बल गरेँ। तर मान्नु भएन। कसम खाएका थिए उनीहरुले पार्टी फुटाउन,’ उनले भने।

    अहिले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। त्यसअघि प्रधानमन्त्री ओलीले नयाँ थपिएका केन्द्रीय सदस्यहरुको स्वागत गरेका थिए।देशसञ्चारबाट