४ वर्ष पहिले
पौष १०,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ८ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।
२४ घण्टामा ४ हजार १ सय ४२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख ३ सय ९२ जनाको पिसिआर भएको जनाईएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८ सय ९२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ४८ हजार २ सय ९३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९६.५३ रहेको छ ।
मन्त्रालयका अनुसार कोरोनाबाट थप ९ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ३ सय ६९ जना रहेको छ ।