× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    बेलायतमा पुनः देशव्यापी एक महिना लकडाउन

    ४ वर्ष पहिले

    पुस-२१,कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् ।

    लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । बीबीसीका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ ।

    प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको छ हामीले अझै धेरै मेहनत गर्नु पर्ने भएको छ । त्यसैले देशव्यापी लकडाउन लागु गर्नु पर्यो ।’ उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन उनले अपिल गरे ।