× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    हिउँद -कविता उमेश राई अकिन्चन

    ४ वर्ष पहिले

    हिउँद–१
    दिनको आयु छोटिएर क्रुसमा
    प्रस्तरको समाधिस्थ छानामाथि
    उदाउँछ रातको लकेट
    क्रिसमसको पाइलामुनि
    फुल्छन् हिउँका फूलहरू
    बाँडेर शीतको दाह्री
    हराउँछ कतै सान्तक्लज
    हुस्सुको सेतो सिरकभित्र
    चोइटिएर फप्लेटा घाम
    शीतको चश्माले हेर्छ
    अल्कोहलिक सपना
    समयको दरवान घाम संझिदै
    एकान्त क्षितिजमा जून
    निर्जन मनहरू बोकेर
    उभिँदै शुन्यताको जगमा
    हुस्सुका आँखाबाट पोख्दै
    आँशुहरू
    खस्दै शीत लहर
    प्रेमका चीनो पातहरू
    सडकको टायर गाडीझैं
    टिङलिङ–टिङलिङ
    चिप्लिदै हिड्छ
    उही हुलियाको हिउँद
    उही साविक बाटो ।


    हिउँद–२
    मेरो बाबाको टोप ओढेर
    उदाउँछ दिन
    लश्करै
    खाद्यान्न बोकेर
    सात घुम्ति काटिरहेको ट्रकजस्तो
    नाङलो आयतनका
    घामका किरणहरू
    होचिएर मेरो घरको बार्दलीमा
    एक कप कफिमा मिसिन्छ
    समाचारका हेडलाइनहरूका साथ
    बिरामी दिन
    आश्चर्य
    नर्सको पहिरनमा
    कारागारभित्र उज्यालो
    हथकडि हातहरूले
    सहिछाप लगाएर
    उमेरदार आफन्तको
    असामयिक मृत्यु
    मेरै बाबाको टोप ओढेर
    क्षितिजमा
    शोक धुनमा रोएको
    पियानो सूर्य
    हल्लाइरहन्छ बिदाइको हात
    जो
    आफनै उमेर
    बाँच्न सक्दैन
    सामयिक ।