× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.२९ प्रतिशत

    ४ वर्ष पहिले

    पौष २१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय २२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।

    २४ घण्टामा ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख ५७ हजार ४ सय ५४ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ५ सय ७८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.२९ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ३ सय ४२ जना रहेको छ ।