× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौंमा प्रदूषण बढेपछि सकेसम्म घरबाहिर ननिस्कन सरकारको अपिल

    ४ वर्ष पहिले

    पुस २१, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको भन्दै वातावरण विभागले घरबाहिर निस्किदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । साथै, बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्किन भनेको छ ।

    विभागका महानिर्देशकले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको र यसबाट हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्ने जानकारी दिएको छ ।

    विज्ञप्तिमा नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सावधानी अपनाउन भनेको छ ।

    विभागले फोहोर र आगो बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकाले त्यस्तो कार्य नगर्न समेत आग्रह गरेको छ । साथै, वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदूषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउन हुन अनुरोध गरेको छ ।