× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.३२ प्रतिशत

    ४ वर्ष पहिले

    पौष २२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।

    २४ घण्टामा ६ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख ६४ हजार २ सय ६० जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ६ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ५ सय २५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय ९५ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ५६ हजार २ सय ६२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.३२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ४२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ९७ जना र भेन्टिलेटरमा ३० जनाको उपचार भईरहेको छ ।