× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.३५ प्रतिशत

    ४ वर्ष पहिले

    पौष २३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय १२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ ।

    २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख ६९ हजार २ सय ९२ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ सय ८३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.३५ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ४ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५९ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ३ सय ४२ जना रहेको छ ।