× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.५ प्रतिशत

    ४ वर्ष पहिले

    पौष २५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ६२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ३ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ८१ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा २ सय ६२ जना रहेको छ ।