× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.६ प्रतिशत

    ४ वर्ष पहिले

    पौष २९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ४५ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ ।

    २४ घण्टामा ४ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख ९७ हजार ९ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ३४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ३ सय २७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १ सय ७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय १४ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ५ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय ३७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ४४ जना र भेन्टिलेटरमा ३५ जनाको उपचार भईरहेको छ ।