× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सामाजिक संजाल फेसबुकमा जागिरको विज्ञापन राखी ठगी गर्ने व्यक्ति पक्राउ

    ४ वर्ष पहिले

    पुस-२९, सामाजिक संजाल फेसबुकमा जागिरको विज्ञापन बनाई ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरिएको छ।

    पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुरको काडाँघारीमा बस्ने २३ बर्षीय शिव खड्का रहेका छन्।

    उनले बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरुमा उनले रु १५०० देखि ३५०० सम्म ई-सेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका थिए ।

    उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ ।