× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २७० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.६५ प्रतिशत

    ४ वर्ष पहिले

    माघ-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ ।

    २४ घण्टामा ३ हजार ८४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ५ हजार १ सय २५ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ३ सय ९० जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.६५ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ५ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय १ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा २ सय ३१ जना रहेको छ ।