४ वर्ष पहिले
माघ-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
२४ घण्टामा ३ हजार ८सय १९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ८ हजार ९ सय ४४ जनाको पिसिआर भएको जनाईएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ सय ७७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.७४ रहेको छ ।
मन्त्रालयका अनुसार कोरोनाबाट थप ६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा २ सय ३१ जना रहेको छ ।