× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    निर्वाचन आयोगले चुनावी गतिविधि अघि बढाउन दलहरुसँग छलफल थाल्यो,प्रचण्ड – माधव पक्षबाट पनि सहभागी

    ४ वर्ष पहिले

    मसघ-४, निर्वाचन आयोगले वैशाखमा तोकिएको चुनावको गतिविधि गर्न राजनीतिक दललाई बोलाएर छलफल थालेको छ। आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व भएका दललाई आइतवार आयोगको कार्यालयमा बोलाएर छलफल थालेको हो।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागि भएका छन् ।

    प्रधानमन्त्री केपी ओलीले संसद पुस ५ मा संसद विघटन गरेर वैशाखका लागि निर्वाचनको मिति तोकेका थिए ।

    नेकपाका विभाजित(कानुनी मान्यता पाउन बाँकी) दुबै समूहले आफू अनुकुल गतिविधि गर्न निर्वाचन आयोगलाई आग्रह गरिरहेका छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल आफै निर्वाचन आयोगमा पुगेर पुस २७ गते निर्वाचनका गतिविधि अघि नबढाउन आग्रह गरेका थिए।

    तर निर्वाचन आयोगले सरकरले मिति तोकिसकेकाले निर्वाचनका गतिविधि रोक्न नमिल्ने बताएको थियो। त्यसैको भोलिपल्टै प्रधानमन्त्री ओली समूहका नेता पनि निर्वाचन आयोग पुगेर चुनावको गतिविधि नरोक्न आग्रह गरेका थिए। प्रचण्ड-नेपाल समूहले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले चुनावका गतिविधि बढाउन नपाइने दाबी गर्दै आएको छ।

    निर्वाचन आयोगले निर्वाचन क्षेत्रको अवस्थाबारे अवलोकन, मतदाताबारेको विवरण अध्यावधिकलगाएतका काम अघि बढाएको छ।