× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.९ प्रतिशत

    ४ वर्ष पहिले

    माघ ७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १८ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ ।

    २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख २६ हजार ७ सय २६ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ८ सय ६४ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय २९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३ सय ८३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ ।

    हाल क्वारेन्टिनमा १ सय ७२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ६५ जना र भेन्टिलेटरमा ३३ जनाको उपचार भईरहेको छ ।