× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नक्कली राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बनि अमेरिका पठाइदिने प्रलोभनमा ठगी गर्ने पक्राउ

    ४ वर्ष पहिले

    माघ-७ , आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी निजको नामको परिचय पत्र समेत देखाई अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने जिल्ला संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ मित्रपार्क, चावहिल बस्ने वर्ष ६० को तुलसी थापालाई मिति २०७७।१०।०६ गते काठमाडौँको दरबारमार्गबाट पक्राउ गरिएको छ।

    सो व्यक्तिले ‘म अमेरिकामा हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु’ भनी विश्वास दिलाई रु. पन्ध्र लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। साथै निजबाट अन्य कोही ठगिनुभएको भए महानगरीय अपराध महाशाखा काठमाडौंमा सम्पर्क राख्नको लागि समेत अनुरोध गरिएको छ ।

    सो व्यक्तिलाई हाल ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको छ।