× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अमेरिकी राष्ट्रपति बाइडेनले ट्रम्पको महत्वपूर्ण नीतिलाई उल्ट्याएर थाले काम

    ४ वर्ष पहिले

    अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका केही महत्वपूर्ण नीतिलाई उल्ट्याएर काम सुरु गरेका हुन् । शपथ ग्रहण गरेको केही घण्टापछि नै बाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर कामको थालनी गरेका हुन् ।

    गम्भीर चुनौतिहरु रहेकाले खेर फाल्ने समय नरहेको राष्ट्रपति बाइडेनले बताएका छन् । उनले शपथपछिको सम्बोधनमा आफू सबै अमेरिकीका लागि काम गर्ने र सबैको राष्ट्रपति बन्ने बताए । उनले फरक मतहरुलाई राखेर एकअर्कालाई सुन्ने तथा मिलेर काम गर्नु पर्ने बताए ।

    राष्ट्रपति बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय प्रयासलाई लिएर कार्यकारी आदेश जारी गरेका हुन् ।

    यस्तै विश्व स्वास्थ्य संगठनमा अमेरिकालाई पुनः फर्काउने, पेरिस जलवायु सम्झौतामा पुनः सामेल हुने, आप्रवासी नीति सम्बन्धी कार्यकारी आदेशमा बाइडेनले पहिलो दिनमा हस्ताक्षर गरेका छन् ।

    मुस्लिम देशमाथि ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्ध हटाउने, मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण भइरहेको पर्खाल निर्माण रोक्नेसहितका आदेशमा बाइडेनले हस्ताक्षर गरेका हुन् ।

    बाइडेनले जारी गरेको कार्यकारी आदेशमा संघीय सरकारका भवन तथा कार्यालयहरुमा मास्क लगाउन अनिर्वाय गरिएको छ । यस्तै उनले १०० दिनका लागि मास्क च्यालेन्जको घोषणा गरेका छन् ।

    जलवायु परिवर्तनलाई लिएर सन् २०१५ को पेरिस सम्झौतामा सामेल हुने घोषणासँगै बाइडेनले विवादास्पद किस्टोन एक्सएल पाइपलाइन रद्द गर्ने आदेश पनि दिएका छन् ।