× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    खोकनामा मनाइयो ११ औ नेवा: एकता दिवस

    ४ वर्ष पहिले

    काठमाडौं : आज ११ औ नेवा: एकता दिवास मनाइएको छ। राज्यद्वारा नेवा: भूमि, सम्पदा र भाषामाथि विभेद गरिएको भन्दै एकीकृत आन्दोलनको रुपमा नेवा: एकता दिवस मनाउन गरिएको हो।

    यसपटक ११ औं नेवा एकता दिवस ललितपुरको खोकनामा सम्पन्न भयो। खोकनादेखि खुदोलसम्म विभिन्न नारा लगाएर र्‍याली कोणसभामा परिणत भएको थियो। कार्यक्रममा नेवा: अभियन्ताहरुले नेवा: सभ्यता बचाउन अब एकजुट हुनुपर्ने बताए।

    राज्यद्धारा विकासको नाममा नेवा: भूमि, संस्कृति, सम्पदा समाप्त पार्न खोजेको भन्दै यसविरुद्ध अझै सशक्त ढंगबाट एकिकृत रुपमा आन्दोलन गर्ने घोषणा समेत कार्यक्रममा गरियो।