× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २७० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८ प्रतिशत

    ४ वर्ष पहिले

    माघ ११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ ।

    २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ४३ हजार २ सय ५५ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ५ सय ३७ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ सय ७५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय ३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ ।

    हाल क्वारेन्टिनमा १ सय ४५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ३९ जना र भेन्टिलेटरमा २३ जनाको उपचार भईरहेको छ ।