× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८ प्रतिशत

    ४ वर्ष पहिले

    माघ-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ ।

    २४ घण्टामा ४ हजार ८ सय ५८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ४८ हजार १ सय १३ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ सय १ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप १० को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४० रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा १ सय ३२ जना रहेको छ ।