४ वर्ष पहिले
काठमाडौं, माघ-१९, राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा प्रकाशित गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा भर्खरै प्रकाशित भैसककेको जानकारी दिए ।
पौडेलका अनुसार एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ भने अरु कुन माध्यमबाट हेर्ने भनेर हाम्रो वेबसाइटमा अपलोड गरिएको पनि जानकारी दिए ।
यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो।